October 10, 2011

परिवर्तित संसार

यो समय कति गतिशिल अनि परिवर्तनशिल छ अनि प्रविधि र विकासले पनि त्यही गतिमा फड्को मारीरहेको छ । यसै क्रममा युगौदेखी चलि आएका परमपरागत व्यापार पद्धतीबाट अब ग्राहक असंतुष्ट बनिरहेको अवस्थामा आधुनिक व्यापार पद्धती विस्तारै नेपालमा पनि भित्रिरहेको छ यसैको एउटा उदाहरण हो E-commerce Business, Online Job, Direct Sales Company etc.
वास्तवमा भन्ने हो भने कतिपयले Internet लाई आफ्नो Time Pass अनि Chatting को रुपमा लिईराखेको छ भने कतिले यही Internet लाई आफ्नो भविश्य निर्माणको आधार बनाएका छन् यो कुरा हामी सबैले देख्दै आइराखेका कुराहरु हुन । एउटा भनाई छ अवसर पटक पटक आउदैन जीवनमा मात्र एक पटक आउछ र त्यो अवसरलाई जस्ले चिन्न सक्छ उसले जीवन चिन्न सक्छ र वदल्न सक्छ तर जसले अवसरलाई चिन्दैन त्यो व्यक्तिले जब अवसरले ढोका ढकढक्याउछ त्यति बेला हल्ला भएको ठान्छ अनि कान बन्द गरेर बस्छ । हो त्यसतै भएको छ नेपाल र नेपालीको लागी यो Internet भन्ने चिज । अबको जमानामा पैसा कामाउनको लागी कडा परिश्रम गर्नु पर्छ अनि पसिना नै बगाउनु पर्छ भन्ने मानसिक्ता हटिसकेको छ किन कि यहा त अब घरैमा बसी बसी लाखौ कमाउनेहरु पनि निस्किसकेका छन् । अनि अर्को कुरा लाखौ करोडौ लगानी गर्न सक्नेले मात्र पैसा कमाउछन् भन्ने मानसिक्ता पनि विस्तार विस्तारै हट्दै छ किनकी अब जसले गर्न सक्छ र जस्मा गर्न सक्ने जोस छ उसले अति थोरै लगानिमा आफ्नो System बनाएर लाखौ करोडौ कमाएर अफ्नो र आफ्नो परिवारको भविश्य सुरक्षित गरिसकेकाहरु पनि छन् ।
त्यसैले अब केहीबेर सोचेर मात्र अगाडी बढ्नुस किनकी समय निकै अगाडी बढिसकेको छ यो समयलाई पछ्याउनको लागी हामीले केही सोच्नै पर्ने बाध्यता छ । र अकौ कुरा माथि मैले थोरै कुरा गरिहालेँ System को बारेमा यो भनेको के होला भन्ने लागेको छ भने अब अर्को पल्ट म पुनः लेख्नेनै छु यो Site Visit गर्दै गर्नुहोला

October 9, 2011

मेरो पोखरा भ्रमण

कुरा २०६८ साल असोज १० गतेको हो । म नेपालको सुन्दर नगरी पोखरा घुम्ने महान अविलाशा लिएर म काठमाण्डौको आफ्नो डेराबाट बिहानको ४ बजेनै निस्किएँ र तर दुर्भाग्य बिहान आउने सबै गाडिको टिकट सकिएको रहेछ । त्यसैले मैले पनि दिउसो ११ बजेको टिकट काटेँ र फेरी कोठा फर्किएँ र फेरी खाना खाएर ११ बजे आइपुगेँ तर बस १२ बजे मात्रै चालु भयो र पुर्बेली ठिटो पहीलो पल्ट पश्चिमको विभिन्न रमणीय ठाउँको दृश्यावलोकन गर्दै बल्ल बेलुकाको साँढे ६ मा पोखरा आइपुगियो । पोखरा प्रवेश गर्नेबेलादेखीनै मुसल्धारे पानी आकाशबाट बर्सिन थाल्यो यसले सायद मेरो स्वागत गरेको होला भनेर मनमनै सोँचे अनि मैले पढेको थिएँ नेपालको सबैभन्दा बढि पानी पर्ने ठाउँ कास्कीको पोखरा रे भनेर अनि त्यो वातावरणले सत्यता रहेछ भनेर मनमनै सोँचे । अनि त्यो म चढेको गाडीको साथ पृथ्वी चोकसम्म मात्र रहयो त्यसपछी म पुग्नु पर्ने थियो चिप्लेढुंगा र मैले गाडी चालकलाई सोधेँ र गाडी चढेर मेरो प्रिय मित्र अनुज कुलुङको पासमा पुगेँ
त्यसपछी म अनुज सरको अफिसमा पुग्दा निकै रात परिसकेको थियो । अनि त्यही अनुज सरको रिसेप्सनिस्त सँग चिनजान भयो यो मेरो पोखराको पहिलो चिनजान थियो र हामी त्यहाँबाट निस्किएर कोठातिर लाग्यौँ । त्यसपछी भोलिपल्टदेखिे पोखराका विभिन्न व्यक्तित्वहरुसँग भेट्ने र चिनजान गर्नै क्रम सुरु भयो र ती व्यक्तिहरु नेपाली सांगितिक आकाशका जल्दा बल्दा युवादखि लिएर पुराना हस्तीहरु थिए त्यति मात्र कहाँ होर बरिष्ठ पत्रकार, साहित्यकार लगाएत विभिन्न पेशासँग आबद्ध व्यक्तिहरु थिए ।
यसै क्रममा दोस्रो दिन सँगीतिक माहोलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्री श्रीमान राईद्धरा सञ्चालित सँगीतिक मन्दिर “सयपत्री सँगीतिक साँझ” मा दशैंको शुकामना आदान प्रदान कार्यक्रम मा धेरैजनाको शुभकामना ग्रहण गर्ने मौका पाएँ र मैले पनि त्यही साँगीतिक माहोलमा बिना मिठासको २ शब्दले सबैलाई शुभकामना व्यक्त गरें । तेस्रो दिन खासै घुम्न जाने प्लान भएन किनकि अनुज सरको व्यस्तता तेस्तै थियो आफ्नै अफिस चलाएर बसेको मान्छे फुर्सद होस पनि त कसरी तर पोखराको विभिन्न चर्चित ठाउँहरु (फेवाताल, डेबिड फल्स, सारङकोट, महेन्द्रगुफा) लगाएत थुप्रै ठाउँहरु घुम्ने मेरो धोको त छदै थियो । यसै क्रममा चौथो दिन यानिकी असोज १३ गते अनुज सरको अफिसमा टिमलाई चेक वितरण तथा सम्मान कार्यक्रम थियो र त्यहाँ फेरी पनि शुभकामना सँगै परम्परागत व्यापारबाट पिल्सीरहेको र धनि र गरिब बिचको दुरी लम्बिरहेको अहिलेको परिवेशमा नयाँ व्यापार प्रणली र यसको महत्वबारे केही कुरा राखेँ । त्यही दिनको एउटा चिनजानीले अब पोखरा घुम्न अनुज सरको आवश्यकता नपर्नै भयो यानिकि एकजना मित्रले पोखरा घुमाईदिने बाचा गर्नुभयो त्यो पनि केटी साथि र मलाइ पनि ढुङ्गा खोज्दा देउता मिलीगो र भोलीपल्ट फेवाताल घुमाउने कुरा भयो ।
भोलीपल्ट म बिहानै खाना खाएर निस्किएँ तर त्यो साथि खाना नखाइ बिहानै घरबाट निस्किनुभाको रहेछ बिहान अर्कै कामले, अनि खाजा खाने अनुरोध मैले गरेँ तर मान्नुभएन किन हो कुन्नि ? सायद अप्थ्यारो लाग्यो होला नयाँ मान्छेसँग भन्ने महसुस आफैँ गरेँ । र हामी गाडी चडेर फेतालतिर मोडियौँ अब त झन मेरो फेवाताल हेर्ने कौतुहल्ता मनभित्र बादल मडाडेसरी मनमा मडाडिन थाल्यो र म अझ धेरै हर्षित मुद्रामा थिए र लगभग २० मिनेटको गाडीको सवार पश्चात हामी फेवातालमा पुग्यौं आहाहा....... कति रमाइलो कति सुन्दर अनि कति आनन्दित पार्नै भोगोलिक बनावट अनि वातावरण, मलाइ कता कता स्वर्ग भनेको यही पो होकि जस्तो भान भयो अनि बिदेशीहरु किन यतिसारो नेपाल आउँछन् भन्ने कुरो बल्ल छर्लङ्ग भयो । ति हरियो पहाडको बिचमा अति शान्त रुपमा पल्टिरहेको निलो ताल र त्यस तालको बिचमा रहेको तालबाराही मन्दिरले कसलाईपो आनन्दित नपार्ला त्यसैले मैले पनि बाहिरी संसारलाइ भुल्न पुगेँ अनि साथसाथै डुङ्गामा चडेर त्यो तालमा तैरिदाको आनन्दको अनुभुती झन अविश्मरणीय क्षण बनेको छ मेरो त्यसैले मलाइ घुमाउने ति प्रिय मित्रलाई पनि मुरी मुरी धन्यबाद र म यो क्षणलाई कहिल्यै भुल्ने छैन ।
साँचिकै विश्वको कुल भुभागको ०.००३ प्रतिशत भुभाग मात्र ओगटेको नेपाल आज विश्वमा सानो, अल्प भए पनि आँखोको रुपमा स्थापित छ । यहाँका भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृतिक चिजहरुले नेपाललाई यति सून्दर बनाएको छ कि एउटी बिबाह मण्डबमा सजिएकि बेहुली भन्दा कम छैन । यी फेवाताल जस्ता ताल त नेपालमा अनगिन्ति छ म यसलाई देखेर अचम्म पर्नुपर्ने चाही किन नि भनेर आफैले आफैलाइ भनेँ । विश्वको उतकृष्ट दश मा पर्ने हिमालहरु मध्य आठ ओटा लगाएत कैयौँ चाँदीझैँ टल्कने हिमालका मालिक अनि ६००० नदीका मालिक अनि विश्वको जहीतही नपाइने बहुमुल्य जडिबुटीका मालिक हामी नेपालीहरु ति ४० , ४५ डिग्रीको तातो घाममा ति झारपात नउम्रीने बिदेशी भूमीमा ज्यानको बाजी राखेर किन जानु परेकोहोला भनेर मनमनै रोएँ अनि नेपालको डाडु पनिउ लिएका हरुलाई सराप्ने सिबाय गर्न सकिने केही पनि थिएन ।

October 8, 2011

२०६८ सालको बिजया दशमी

ह्ुनत यो जीवन लाई सबैले आ आफ्नै तरिकाले ब्यख्या विश्लेषण गर्छन् । तर मेरो विचारमा जीवन एक नाटक हो र हामी यस नाटकको एक पात्र मात्र हौं अनि उक्त नाटकमा जस्तो रोल आउछ तेस्तै रोल निभाउनु पर्छ यसमा कहिले सुखै सुख र हाँसै हाँसोले रंगीनमय हुन्छ त कहिले आँसु दुखको भुमरीमा पिरोलिनु पर्ने हुन्छ । यसै क्रममा हरेक भुमिका निर्बाह गर्दै तेइसौ बसन्त पार गर्नै शिलशिलामा २०६८ सालको हिन्दुहरुको महान चाड वडादशैको समिपमा आइपुगीएछ । हिजै जस्तो लाग्दैछ ति दिनहरु जहा साथिभाइहरुसँग रमाइ रमाइ मनाएको रोटे पिङ खेलेको आमाले पकाउनुभएको मासु र आफ्नै खेतमा फलेको चामलको भात मिठो मानि मानि खाएको तर अहिले म ति सबैलाई सम्झेर बस्नुशिवाय केही पनि छैन किनकि यसपाली म यी सबै चिजदेखि टाढा छू । हो म यसपालीको दशैमा एकदमै नौले ठाउँ बिलकुलै अपरिचित वातावरण सँग परिचय गर्नै क्रममा छु तर यसमा पनि म खुशीनै छु किनकि यसपालीको दशैंमा मैले नेपालको सुन्दर अनि पर्यटकिय नगरी पोखरा भ्रमण गर्नै मौका पाएको छु र अकौ कुरा मलाइ यो पनि राम्ररी थाहा छ कि सपना र कल्पना्मा हराउनुभन्दा यथार्थतामा सन्तुष्ट हुनु र रमाउनु नै महान्ता हो । त्यसैले त सारा व्यक्ति पुराना साथिसँग अनि बर्षौदेखी नभेटेका परिवारसँग भेटेर खुशी छन् भने म नयाँ साथि नयाँ ठाउँसँग घुलमिल हुदै रमाउने प्रयास गर्दैछु । यसैले पनि बताउछ कि म कतिसम्मको सकारात्मक विचार भएको व्यक्ति हो भनेर ।
मित्रहरु यो नसोंचनुहोला कि म आफै फुर्किदैछु यो यथार्थ हो । किनकी विभिन्न रङको बेलुन आकाशमा उड्नको लागि त्यस भित्रको हाइड्रोजन ग्याँसले महत्वपुर्ण भुमिका खेलिरहेको हुन्छ त्यस्तै सकारात्मक सोंचाई तपाइरुपी बेलुनमा भएको हाइड्रोजन ग्याँस हो यसैले हामीलाई आफ्नो लक्ष्यमा पुग्नको लागी उडाइरहेको हुन्छ त्यसैले यदि तपाइमा नकारात्मक विचार छ भने त्यो तपाइको जीवनको सबैभन्द ठुलो झुण्ड हो यसले न तपाइलाई लक्ष्यमा पुर्याउछ न त तपाइका साथिहरुलाईनै सहयोग गर्नै भावना पैदा गर्छ । सधैं सकारात्मक बन्ने
प्रयास गर्नुस तपाइको जीत सुनिस्चित छ ।

प्रविधिको विकास र डबल सीम नोकिया मोबाईल सेट

प्रिय मित्रहरु, यो विश्व परिवेश आज प्रविधिको क्षेत्रमा यति तिब्र रुपमा फड्को मारीरहेको छ कि यस्तो पनि हुन्छ भनेर मैले त सपनामा समेत सोचेकै थिइनँ । आज पनि सम्झना आउँछ ति समय जुन समय म भर्खर १० कक्षा पास गरेर उच्चशिक्षाका लागी सुन्दर नगरी धरान आउदा कसैको हातमा मोवाइल देखे भने अचम्म लाग्थ्यो अनि सोच्थे कि त्यो व्यक्ति निकै उच्च खान्दानको रहेछ भनेर, अनि फेरी कमर्स बिषय लिएको कारण प्रत्येक सरहरुले प्रत्येक पिरेडमा भनेको कुरा “कमर्स पढेपछी प्रमाण पत्रको साथमा कम्प्युटरको ज्ञान अनिवार्य छ” अनि त्यो कम्प्युटर भन्ने कुन जन्तुको नाम होला जस्तो लाग्थ्यो तर आज त्यही अचम्म मानेका चिज मोबाइल र कम्प्युटर सारा सर्बसाधारण जनताको हात हातमा घर घरमा पुगिसकेको छ त्यही माहोलमा म पनि मुछिन पुगेको छु । र त्यही मोबाइल मार्फत आफु जहाँ भएपनि देश विदेशमा रहेका आफ्ना आफन्त अनि साथिभाइसँग मनका कुरा गर्न पाइन्छ । अनि यो कम्प्युटर र ईन्टरनेटले त यो विश्वलाइनै सांगुरो बनाइदिएको छ । घरमा बसी बसि संसारलाई चियाउन सकिने भयो । अब त झन यस्तो भईसक्यो कि संसारको सुचना तथा घट्नाको जानकारी लिन मात्र नभएर कुनै पनि आफलाई आवश्यक पनै सामान किन्नको लागि पनि बजार वा पसल सम्म पुग्न नपनै भैसकेको छ ।
यसरी प्रविधीको विकास सँगै नयाँ नयाँ चिजहरुको उत्पादन हुने क्रममा चर्चित अनि सबैको मन मानमा बस्न सफल र सबैको विश्वास जित्न सफल मोबाईल उत्पादन कम्पनी नोकिया कम्पनीले अब बजारमा दुई वटा सिम चलाउन मिल्ने नयाँ सेट बजारमा ल्याएको छ । यसरी दुई वटा सिम चलाउन सकिने तिन थरीको सेट ल्याएको छ र यसको मुल्य पनि यसको टिकाउ अनि उपयोगिताको आधारमा निकै सस्तो रहेको छ ।