October 8, 2011

प्रविधिको विकास र डबल सीम नोकिया मोबाईल सेट

प्रिय मित्रहरु, यो विश्व परिवेश आज प्रविधिको क्षेत्रमा यति तिब्र रुपमा फड्को मारीरहेको छ कि यस्तो पनि हुन्छ भनेर मैले त सपनामा समेत सोचेकै थिइनँ । आज पनि सम्झना आउँछ ति समय जुन समय म भर्खर १० कक्षा पास गरेर उच्चशिक्षाका लागी सुन्दर नगरी धरान आउदा कसैको हातमा मोवाइल देखे भने अचम्म लाग्थ्यो अनि सोच्थे कि त्यो व्यक्ति निकै उच्च खान्दानको रहेछ भनेर, अनि फेरी कमर्स बिषय लिएको कारण प्रत्येक सरहरुले प्रत्येक पिरेडमा भनेको कुरा “कमर्स पढेपछी प्रमाण पत्रको साथमा कम्प्युटरको ज्ञान अनिवार्य छ” अनि त्यो कम्प्युटर भन्ने कुन जन्तुको नाम होला जस्तो लाग्थ्यो तर आज त्यही अचम्म मानेका चिज मोबाइल र कम्प्युटर सारा सर्बसाधारण जनताको हात हातमा घर घरमा पुगिसकेको छ त्यही माहोलमा म पनि मुछिन पुगेको छु । र त्यही मोबाइल मार्फत आफु जहाँ भएपनि देश विदेशमा रहेका आफ्ना आफन्त अनि साथिभाइसँग मनका कुरा गर्न पाइन्छ । अनि यो कम्प्युटर र ईन्टरनेटले त यो विश्वलाइनै सांगुरो बनाइदिएको छ । घरमा बसी बसि संसारलाई चियाउन सकिने भयो । अब त झन यस्तो भईसक्यो कि संसारको सुचना तथा घट्नाको जानकारी लिन मात्र नभएर कुनै पनि आफलाई आवश्यक पनै सामान किन्नको लागि पनि बजार वा पसल सम्म पुग्न नपनै भैसकेको छ ।
यसरी प्रविधीको विकास सँगै नयाँ नयाँ चिजहरुको उत्पादन हुने क्रममा चर्चित अनि सबैको मन मानमा बस्न सफल र सबैको विश्वास जित्न सफल मोबाईल उत्पादन कम्पनी नोकिया कम्पनीले अब बजारमा दुई वटा सिम चलाउन मिल्ने नयाँ सेट बजारमा ल्याएको छ । यसरी दुई वटा सिम चलाउन सकिने तिन थरीको सेट ल्याएको छ र यसको मुल्य पनि यसको टिकाउ अनि उपयोगिताको आधारमा निकै सस्तो रहेको छ ।

No comments:

Post a Comment